२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

वैशाख १५ र ३१ गते बृहत् 'खाेज र खाेप' अभियान संचालन हुने

काठमाडौँ — यही वैशाख १५ र ३१ गते नेपाल सरकारले बृहत् 'खाेज र खाेप' अभियान संचालन गर्ने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि खोप अभियान कार्यक्रम संचालन गर्ने भएकाे हाे ।

वैशाख १५ र ३१ गते बृहत् 'खाेज र खाेप' अभियान संचालन हुने

ताेकिएकाे मितिमा देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप छुटेका ‍बालबालिकाहरुलाई खोप दिइने खाेप शाखाका प्रमुख डा अभियान गाैतमले जानकारी गराए । उनले नजिकैकाे स्वास्थ्य स‌ंस्थामा गई आ-आफ्ना बालबालिकालाई छुटेकाे खाेप लगाउन र छरछिमेकमा कसैले खाेप लगाउन छुटेका छन् कि बझेर समन्वय गरिदिन आग्रह गरे ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालकाअनुसार जबसम्म सबै बालबालिकाले खाेप लगाउँदैनन् तबसम्म काेही पनि सुरक्षित हुँदैनन् । उनले अझै पनि ४ प्रतिशतले कुनै पनि खोप नपाएको बताउँदै छुटेका सबै बालबालिकलाई खाेप लगाउन याे अभियानले सम्बाेधन गर्न सहयाेग पुग्ने बताए ।

प्रकाशित : वैशाख १४, २०८० १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x