कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करिब ८ महिनामा कोरोनाबाट शुक्रबार शून्य मृत्यु

काठमाडौँ — नेपालमा ७ महिना २४ दिनपछि पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्यु शून्यमा झरेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार पछिल्लो २४ घण्टाको अवधिमा कुनै पनि कोरोना संक्रमितको मृत्य भएको छैन ।

करिब ८ महिनामा कोरोनाबाट शुक्रबार शून्य मृत्यु

यसअघि गत चैत २७ गते नेपालमा कोरोना संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकरीले जानकारी दिए । यस्तै गत जेठ ५ मा एकै दिन सबैभन्दा बढी २ सय ४६ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार ११ हजार ५ सय ३५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नेपालमा १० लाख जनसंख्यामा औसत मृत्यु ३ सय ८० जना रहेको छ ।

यससँगै पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४६ जना संक्रमित थपिएका छन् । ७ हजार ८ सय ३६ जनाको नमूना परीक्षण गरिएकोमा हाल नेपालमा सक्रिय संक्रमितको संख्यामा ६ हजार ९ सय २१ रहेको छ ।

२४ घण्टामा थपिए २२३ कोरोना संक्रमित, ३४७ निको

प्रकाशित : मंसिर १७, २०७८ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?