१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०
बजेट २०७९/८०

थप २० वटा अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले थप २० वटा सरकारी अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गर्ने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का लागि बजेट घोषणा गर्दै वार्ड थपिने बताएका हुन् । 

थप २० वटा अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गरिने

साथै ६५५ स्थानीय तहमा निर्मााणधीन आधारभूत अस्पताल सम्पन्न गर्नका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।

यसैगरी अर्थमन्त्री शर्माले ९८ प्रकारका नि:शुल्क औषधिका लागि १ अर्ब ५० करोड रकम छुट्याइएको बताए । साथै डायलाइसिस मेसिन खरिद गर्न २० करोड विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?