काठमाडौँ — सरकारले सहकारी संस्थाले आफ्नो लगानीको कम्तीमा ५० प्रतिशत लगानी उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने व्यवस्था गर्ने भएको छ ।
सरकारले आगामी वर्षको बजेट वक्तव्यमार्फत उक्त व्यवस्था गरेको हो । सहकारी क्षेत्रको लगानी उत्पादनमुलक क्षेत्रमा प्रोत्साहन यो व्यवस्था गरिएको अर्थमन्त्री शर्माले जनाए ।
