कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
बजेट २०७९/८०

हरेक स्थानीय तहमा सहुलियत पसल सञ्चालन गरिने

काठमाडौँ — सरकारले न्यून आय भएका गरिब परिवारका लागि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले हरेक स्थानीय तहमा सुपथ पसल सञ्चालन गरिने बताएका हुन् ।

हरेक स्थानीय तहमा सहुलियत पसल सञ्चालन गरिने

त्यस्तै न्यून आय भएका श्रमिक र गरिब परिवार पहिचान गरी खाद्य सुरक्षा परिचयपत्रको व्यवस्था गरिने भएको छ । थोरै आय भएका परिवारहरूलाई परिचयपत्रको आधारमा सहुलियतदरमा सामग्री उपलब्ध गराउनेसमेत अर्थमन्त्री शर्माले बताएका हुन् ।

‘न्यून आय भएका श्रमिक र गरिब परिवार पहिचान गरी खाद्य सुरक्षा परिचयपत्रको व्यवस्था गरिने छ,’ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले भने, ‘हरेक स्थानीय तहमा सुपथ पसल सञ्चालन गरी सोही परिचयपत्रको आधारमा सहुलियतदरमा उपलब्ध गराउने व्यवस्था गरिनेछ ।’

प्रकाशित : जेष्ठ १५, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?