पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बिनियोजन गरेको घोषणा गरेको छ । सगरमाथा पदमार्गको मर्मत गरी आवतजावतलाई सहज बनाउने गरी उक्त क्षेत्रमा पर्यटक आकर्षित गर्ने योजना सरकारले ल्याएको बताइएको छ ।

अर्थमन्त्री जनार्दश शर्माले आइतबार संसद्‍मा आगामी वर्षको बजेट पेस गर्दै यस्तो घोषणा गरेका हुन् । 

यसवाहेक विभिन्न पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने योजना सरकारले ल्याएको बताइएको छ । यस्तै ग्रेट हिमालयन ट्रेलका लागि पनि सरकारले बजेट बिनियोजन गरेको छ ।

यससँगै काठमाडौंमा नेवारी संस्कृति झल्किने किसिमको नेवा संग्रहालय र पोखरामा पनि गुरुङ संस्कृति झल्किने संग्रहालय स्थापना गरिने योजना सरकारले ल्याएको छ ।

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully