कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
बजेट २०७९/८०

कम्पनीमार्फत मात्र घरजग्गा किनबेच गर्नुपर्ने व्यवस्था 

काठमाडौँ — सरकारले देशभर अधिकारप्राप्त संस्थाबाट मात्र घरजग्गा बिक्री गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन आधिकारिक निकायबाट अनुमतिप्राप्त कम्पनी र व्यक्तिले मात्रै घरजग्गा कारोबार गर्न पाउने आवश्यक प्रबन्ध मिलाइने भएको हो ।

कम्पनीमार्फत मात्र घरजग्गा किनबेच गर्नुपर्ने व्यवस्था 

आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो प्रबन्ध मिलाउन लागिएको बताए ।

देशभर अधिकतम घरजग्गा कारोबार दलालमार्फत् मात्र भइरहँदा सरकारले अब विशिष्टीकृत संस्था (कम्पनी)बाट मात्रै कारोबार गर्न पाउने व्यवस्था गर्न लागेको हो ।

यो व्यवस्था सुरुमा महानगरपालिका र उपमहानगरपालिकामा र पछि सबै स्थानीय तहमा लागू गरिने उनले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?