कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७
बजेट २०७९/०८०

'उत्पादनमा वृद्धि मुलुकको विकास र समृद्धि'  विशेष अभियान दशक घोषणा

काठमाडौँ —  सरकारले 'उत्पादनमा वृद्धि मुलुकको विकास र समृद्धि'  विशेष अभियान दशक २०७९ - २०८९ घोषणा गरेको छ । नेपाली उत्पादनको वृद्धि र  रोजगारी सिर्जना गर्न निर्यात लक्षित व्यापार प्रवर्द्धनात्मक कार्यक्रम संचालन गरिने घोषणा सरकारले गरेको छ । यस कार्यक्रमका लागि ३ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ । स्वदेशी वस्तुको उत्पादन र प्रयोग बढाउन आफ्नै उत्पादन आफ्नै उपभोग अभियान संचालन गरिने भएकाे छ । 

'उत्पादनमा वृद्धि मुलुकको विकास र समृद्धि'  विशेष अभियान दशक घोषणा

सरकारी कार्यालयहरुमा स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइने भएको छ । निजी क्षेत्रले संचालन गरेका मेक इन नेपाल र मेड इन नेपाल जस्ता अभियानलाई समेत सरकारबाट आवश्यक सहयोग गरिने अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरे । 'कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउने गरी उत्पादन मुलक उद्योगहरु स्थापना गर्न पूर्वपाधार निर्माण गर्न तथा कच्चा पदार्थ र आवश्यक मेसिनहरुको आयात गर्न सहुलियत प्रदान गरिने छ' शर्माले भने ।

युवा उद्यमशिलता विकास गर्न र नव उद्यमीहरुलाई प्रवर्द्धन गर्न स्टार्टअप व्यवसायमा सुरुवाती पुँजी उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिनुका साथै यस कार्यक्रमको प्रभाव मूल्याकंन गरी सुधार गरिँदै लगिने उनले बताए । परियोजनाका आधारमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइने बजेट घोषणामा उल्लेख छ । यस्ता व्यवसायमा भेन्चर क्यापिटलमार्फत पुँजी व्यवस्थापन गर्नुका साथै अध्ययन अनुसन्धानलाई प्राथमिकता दिइने बताइएको छ । युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिबाट संचालन हुने व्यवसायलाई प्रोत्साहन गर्न च्यालेन्ज फण्ड स्थापना गरी सहुलियपूर्ण ऋण उपलब्ध गराइने उल्लेख छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?