होटल र पर्यटन क्षेत्रको इजाजत तथा नवीकरण दस्तुर छुट

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले होटल र पर्यटन क्षेत्रको इजाजत र नवीकरण दस्तुर छुट दिने घोषणा गरेको छ ।

कोभिड महामारीबाट प्रभावित होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको आर्थिक वर्ष ०७९/८० को वार्षिक इजाजत र नवीकरण दस्तुर छुट दिइनेछ,’ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले भने ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रका लागि सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिनेसमेत जनाएको छ ।

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully