कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि ५५ अर्ब ९७ करोड रकम विनियोजन

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पशुपन्छी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

कृषि बजेट आर्थिक बर्ष २०७८/७९ को तुलनामा १० अर्ब ८८ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा कृषि तथा पशुपन्छीतर्फ ४५ अर्ब ९ करोड रकम विनियोजन भएको थियो ।

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully