उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा दिइने- समाचार - कान्तिपुर समाचार
बजेट २०७९/०८०

उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा दिइने

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी आर्थिक वर्ष सरकारले उद्योगहरुका लागि ५० वर्षसम्म जग्गा लिजमा दिने घोषणा गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट पेस गर्दै यस्तो बताएका हुन् ।

स्वदेशमा उत्पादन बढाउने उद्देश्यले उद्योगलाई प्रोत्साहन गर्न सरकारले ५० वर्षका लागि जग्गा लिजमा दिन योजना ल्याएको हो । यससँगै सरकारले आयात प्रतिस्थापनका लागि पनि जलविद्युतसहितका विभिन्न क्षेत्रका उद्योगलाई प्रोत्साहन गर्ने योजना ल्याएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्

‘स्टार्टअप’का लागि २६ करोड रकम विनियोजन

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले देशका सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापनाका लागि २६ करोड रुपैयाँ विनियोजन गरेको छ । नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई सहयोग गर्न भेन्चर क्यापिटलमार्फत् बिउ पुँजी प्रदान गरिने भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्टार्टअप व्यवसायलाई चौतर्फी सहयोग गर्ने बताएका छन् । स्टार्टअपमा गरिएको लगानीको प्रभाव मूल्यांकनसमेत गरिने बजेट भाषणमा भनिएको छ ।

विदेशबाट फर्किएका युवालाई च्यालेन्ज फन्डमार्फत् सहुलियतपूर्ण कर्जा प्रदान गरिने भएको छ । ठूला उद्योगले स्टार्टअप, साना तथा मझौला व्यसायलाई सहयोग गर्ने वातावरण मिलाइने भनिएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १६:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×