बजेट २०७९/८०

‘स्टार्टअप’का लागि २६ करोड रकम विनियोजन

काठमाडौँ — सरकारले देशका सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापनाका लागि २६ करोड रुपैयाँ विनियोजन गरेको छ । नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई सहयोग गर्न भेन्चर क्यापिटलमार्फत् बिउ पुँजी प्रदान गरिने भएको छ । 

‘स्टार्टअप’का लागि २६ करोड रकम विनियोजन

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्टार्टअप व्यवसायलाई चौतर्फी सहयोग गर्ने बताएका छन् । स्टार्टअपमा गरिएको लगानीको प्रभाव मूल्यांकनसमेत गरिने बजेट भाषणमा भनिएको छ ।

विदेशबाट फर्किएका युवालाई च्यालेन्ज फन्डमार्फत् सहुलियतपूर्ण कर्जा प्रदान गरिने भएको छ । ठूला उद्योगले स्टार्टअप, साना तथा मझौला व्यसायलाई सहयोग गर्ने वातावरण मिलाइने भनिएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?