कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मल खरिदका लागि १५ अर्ब बिनियोजन

काठमाडौँ — सरकारले किसानलाई मल खरिदका लागि १५ अर्ब रकम बिनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्‍को संयुक्त बैठकमा आगामी वर्षको बजेट पेस गर्दै यस्तो बताएका हुन् ।

मल खरिदका लागि १५ अर्ब बिनियोजन

सरकारले आर्थिक वर्ष २०७९/८० लाई आत्मनिर्भरता लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष चलाइने जनाएको छ । सोही अन्तर्गत सरकारले किसानलाई मल खरिदका लागि १५ अर्ब रुपैयाँ बिनियोजन गरेको हो ।

हरेक वर्ष समयमै मल अभावका कारण देशभरका किसानहरू प्रभावित हुने गरेका छन् ।

यस्तै हरेक स्थानीय तहमा किसानलाई प्रोत्साहन गर्ने गरी विभिन्न क्षेत्रमा सहुलियत लगायतका कार्यक्रम ल्याएको छ । साथै परिचयपत्रका आधारमा किसानलाई सहुलियत प्रदान गर्ने पनि बजेटमा उल्लेख छ । कृषि क्षेत्रको रुपान्तरणमा काम गर्ने स्थानीय तहलाई प्रोत्साहन गर्न ५-५ करोडका दरले अनुदान दिने पनि अर्थमन्त्री शर्माले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?