काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले सबै नागरिकको विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्ने गरी बजेट ल्याएको बताएका छन् । मन्त्री शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै गरिबीको रेखामुनि रहेका तथा विभेद र बहिष्करणमा रहेको वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई केन्द्रमा राखेर बजेट बनाएको बताए ।
‘गरिबीको रेखामुनि रहेका तथा विभेद र बहिष्करणमा रहेका वर्ग, क्षेत्र, लिङ्ग, जाति र समुदायलगायत सबै नागरिकको विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्न बजेट केन्द्रीत गरेको छु,’ उनले भने ।
उनले गठबन्धन सरकारका साझा न्यूनतम कार्यक्रम, संघीय सांसद र प्रदेश तथा स्थानीय सरकारको माग र सुझावमा आधारित भएर बजेट बनाएको बताए ।
