संघीय संसद्मा आर्थिक वर्ष २०७९/०८० को बजेट पेस 

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले सरकारको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरेका छन् । मन्त्री शर्माले संघीय संसदका राष्ट्रिय सभा र प्रतिनिधिसभाको आइतबारको संयुक्त बैठकमा बजेट पेस गरेका हुन् । 

अर्थमन्त्री शर्माले बजेटलाई 'आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितिकरणबाट समावेशितातर्फको प्रस्थान बजेट'का रुपमा ल्याएको बताएका छन् ।  

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully