आधारभूत कृषि उत्पादनको आयात न्यूनतम ३० प्रतिशत कम गरिने

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले आधारभूत कृषि उत्पादन धान‚ मकै‚ गहुँ‚ तरकारी र फलफूलको आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशतले कम गर्ने र आगामी वर्ष निर्यात दोब्बरले वृद्धि गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने; मर्यादित रोजगारी वार्षिक ३० प्रतिशतले वृद्धि गर्ने; भूमिहीन दलितलाई आगामी ३ वर्षभित्र आवास उपलब्ध गराउने बताएका छन् ।

उनले वार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिबीको रेखाबाट माथि ल्याउने योजना अघि बढाउनेसमेत बताए ।

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully