मासिक १० करोड रुपैयाँ बराबरको बिजुली खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — मासिक १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई महसुलमा छुट दिने निर्णय सरकारले गरेको छ ।

मासिक १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई महसुलमा २ देखि १५ प्रतिशतसम्म महसुल छुट दिने व्यवस्था मिलाइने आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताए ।

औद्योगिक क्षेत्रको विकासका लागि यस्तो व्यवस्था गरिएको उनको भनाइ छ ।

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully