कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
बजेट २०७९/८०

वैदेशिक लगानीका लागि न्यूनतम सीमा २ करोड

काठमाडौँ — सरकारले वैदेशिक लगानीको सीमा घटाएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक लगानीको सीमा घटाइएको बताएका हुन् ।

वैदेशिक लगानीका लागि न्यूनतम सीमा २ करोड

हाल न्यूनतम ५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्र्याउन पाइन्थ्यो । उक्त सीमा घटाएर २ करोड रुपैयाँमा झारिएको हो ।

त्यस्तै बजेटमार्फत् सरकारले १० करोड रुपैयाँसम्मको वैदेशिक लगानी स्वचालित प्रक्रियाबाट स्वीकृत गर्ने र उद्योगहरूलाई ५० वर्षसम्म जग्गा लिजमा दिन सक्ने व्यवस्था ल्याएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?