वैदेशिक लगानीका लागि न्यूनतम सीमा २ करोड

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले वैदेशिक लगानीको सीमा घटाएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक लगानीको सीमा घटाइएको बताएका हुन् ।

हाल न्यूनतम ५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्र्याउन पाइन्थ्यो । उक्त सीमा घटाएर २ करोड रुपैयाँमा झारिएको हो । 

त्यस्तै बजेटमार्फत् सरकारले  १० करोड रुपैयाँसम्मको वैदेशिक लगानी स्वचालित प्रक्रियाबाट स्वीकृत गर्ने र उद्योगहरूलाई ५० वर्षसम्म जग्गा लिजमा दिन सक्ने व्यवस्था ल्याएको छ ।

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully