वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७९/८०को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले वन तथा वातावरण मन्त्रालयलाई उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन् । 

यस्तै सरकारले 'जनताको रहर हरित सहर' अभियानअन्तर्गत देशका सहरहरूलाई हरियालीयुक्त बनाउन बहुवर्षीय योजनाअन्तर्गत १० हजार बिरुवा रोपिने जनाएको छ । 

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully