उद्योग मन्त्रालयको बजेट ३ अर्ब १० करोड घट्यो

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट ३ अर्ब १० करोड रुपैयाँ घटाएको छ ।

आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

चालु आर्थिक वर्ष ०७८/७९ का लागि भने उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रमा १३ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको थियो । 

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully