कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ देखि ११ वर्ष उमेरसमूहका लागि फाइजर खोप लगाउन सिफारिस

एजेन्सी

काठमाडौँ — अमेरिकी खोप विज्ञहरुको एक समितिले ५ देखि ११ वर्षका बालबालिकालाई कोभिड विरुद्धको फाइजर खोप दिनुपर्ने भन्दै युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) लाई सिफारिस गरेको छ ।

५ देखि ११ वर्ष उमेरसमूहका लागि फाइजर खोप लगाउन सिफारिस


एफडीएले यसमा मंगलबार समर्थन पनि जनाइसकेको छ । एफडीएका अनुसार बालबालिकालाई खोप दिएमा यसले जोखिम घटाउने साथै यो लक्षणसहितको संक्रमण बालबालिकामा ९० प्रतिशतसम्म प्रभावकारी हुने गरेको छ ।

१२ देखि १७ वर्ष उमेर समूहका लागि भने फाइजर खोपले पहिले नै अनुमति पाइसकेको छ । सिडिसी भ्याक्सिन अफिसियलकी डा अमान्डा कोनका अनुसार खोपले मृत्यु र आईसीयूको भर्ना पनि घटाउनेछ । त्यस्तै लामो समयसम्म बालबालिकमा पर्ने असर पनि घटाउने बताइएको छ ।

यसको अन्तिम निर्णय सिडिसीले गर्नेछ र अनुमति दिइनेमा सबैजना विश्वस्त छन् । सिडिसी भाइरल डिजिज स्पेसलस्टि डा फियोना हेभर्स भन्छिन् –‘ सेप्टेम्बरमा डेल्टा भेरियन्टका कारण ५ देखि ११ वर्ष उमेर समूहका उच्च संख्यामा अस्पताल भर्ना भएका थिए । र बालबालिका गम्भीर रोगको जोखिममा हुन्छन् । धेरै अभिभावकहरुले खोपले अनुमति पाए लगाइहाल्ने देखिएका छन् भने केहीले अझै पर्खिने चाहना देखाएका छन् ।’

कोभिड निको भएका बालबालिकामा ‘एमआईएस-सी’

हालसम्म ५४ हजार बालबालिकामा कोरोना संक्रमण


प्रकाशित : कार्तिक १०, २०७८ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?