कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनको तियानन्मेन स्क्वायर र पुष्प गुच्छाको भाव 

लक्ष्मी लम्साल

बेइजिङ — चीनले हरेक वर्ष राष्ट्रिय दिवस मनाउँछ । त्यस सिलसिलामा तियानन्मेन स्क्वायरमा राखिने पुष्पगुच्छाको निकै ठूलो भावार्थ र सौन्दर्य झल्काइरहेको हुन्छ। यस कुराले चीनभित्र मात्रै होइन, विदेशमा पनि उत्तिकै चासो बढाएको छ । चीनमा राष्ट्रिय दिवस नजिकिँदै गर्दा स्क्वायरको मध्यभागमा अवस्थित फूलको गुच्छाको भावार्थमा धेरैको ध्यान खिचिन्छ भने केही समयसम्म बेइजिङका सडकहरू दुलहीजस्तो सिँगारिएर लोभलाग्दा हुन्छन् ।

चीनको तियानन्मेन स्क्वायर र पुष्प गुच्छाको भाव 

सन् १९४९ अक्टोबर १ तारिख दिउँसो ३ बजे केन्द्रीय जनसरकार समितिका महासचिव लिन पो छ्वीले जनगणतन्त्र चीनको घोषणा समारोह सुरू भएको उद्घोष गरेपछि अध्यक्ष माओले उपरोक्त घोषणा गरे जुन ठाउँ हालसम्म संसारको सबैभन्दा ठूलो स्क्वायर मानिने तियानन्मेन थियो ।

त्यसको तीन वर्षपछि सन् १९५२ मा विद्यालयका छात्रछात्रा र किशोरकिशोरीले राष्ट्रिय दिवस मनाउनका लागि सो स्क्वायर क्षेत्रमा मार्चपास गरे। अक्टोबर १, १९५४ मा प्रथम राष्ट्रिय जनकांग्रेसको पहिलो बैठक बस्यो र जनगणतन्त्र चीनको संविधानद्वारा जारी ‘फ्लोट्स तियानमेन स्क्वायर’ पास गरियो । सोही वर्षको सेप्टेम्बर १५ मा पहिलो राष्ट्रिय जन कांग्रेसको पहिलो बैठक ह्वाइरन हल, चोङनानहाइ बेइजिङमा भव्यताका साथ बसेको थियो। सेप्टेम्बर २० मा, पहिलो राष्ट्रिय जनकांग्रेसको पहिलो सत्रले गोप्य मतदानद्वारा जनवादी गणतन्त्र चीनको संविधान" पारित गरेपछि नयाँ चीनको पहिलो संविधान आधिकारिक रुपमा जन्मियो ।

सन् १९६२ मा माओको एउटा मूर्ति परेडमा लगियो र मानक मूर्तिलाई तियानन्मेन स्क्वायर गेटमा स्थापित गरियो। सन् १९७० मा चीनको राष्ट्रिय दिवसमा माओले अमेरिकी लेखक एडगर स्नोलाई समारोहमा भाग लिन तियानन्मेनमा आमन्त्रित गरे र त्यसको २ वर्षपछि फेब्रुअरी २१, १९७२ मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन बेइजिङ उत्रिएपछि चीन-अमेरिका सम्बन्धको ढोका खुलेको हो ।

सन् १९७९ मा गणतन्त्रको ३० औं वार्षिकोत्सव पार्टी केन्द्रीय समितिले सेप्टेम्बर ३० तारिख जनबृहत सभाहलमा आयोजित भयो । चीनमा सांस्कृतिक क्रान्तिको दस वर्षपछि पार्टीको केन्द्रीय समितिले राष्ट्रिय कार्य केन्द्र हस्तान्तरण गर्ने महत्वपूर्ण निर्णय गरिसकेपछि, राष्ट्रिय दिवस मनाउने कुरा आर्थिक विकासभन्दा धेरै महत्वपूर्ण मानियो ।

नयाँ चीनको स्थापनामा तियानन्मेन स्क्वायरले कैयन् उतारचढाव पार गरेको छ । निकै लामो क्रान्ति र युद्धपछि चीनमा जनगणतन्त्र स्थापना भएर संविधानको खाका बनेपछि क्रमशः आंशिक स्थिरताको ढोका खुल्दै गयो । तथापि त्यसयता सांस्कृतिक क्रान्ति लगायत उतारचढावले तियानन्मेन रंगिइरह्यो । यतिखेर जनगणतन्त्र चीन ७२ वर्षको हुँदैछ । धेरैले याद गरेको कुरा हुनुपर्छ, तियानन्मेन स्क्वायरमा बडेमानको फूलको गुच्छा स्थापना गरिएको हुन्छ र बाँकी स्थायी भौतिक संरचनाहरू त यथावत् नै हुन्छन्। माओ स्मृति भवन, ग्रेट हल अफ द पिपुल्स, फरबिडन सिटी, राष्ट्रिय संग्रहालय लगायतका कुराहरू सदैव यथावत रहेपनि केन्द्रभागमा भने अक्टोबर १ का लागि विशेष पुष्पगुच्छा उभिएको हुन्छ ।

सन् १९८६ को राष्ट्रिय दिवसमा, पहिलो पटक १ लाख वर्तन आकारको पुष्पगुच्छा खडा गरिए यता यस्तो डिजाइनले चीनको आर्थिक र सामाजिक विकासका नयाँ विशेषताहरु झल्काउँदै आएको छ । सन् १९९२ मा १ लाख ७० हजार वर्तन सहितको स्क्वायर फूलहरुको बीचमा पहिलो पटक फोहोरा पनि थपियो । सन् १९९४ मा जनगणतन्त्र चीन स्थापनाको ४५औं वार्षिकोत्सवमा स्क्वायरमा ८ ठूला फूलका बेडले सजाइयो। "एकता, अग्रगमन, चीनको पुनरुत्थान" विषयक साढे २ लाख वर्तन फूलहरु राखिएको थियो। फूलको मात्रा, उचाई, दृढता अझै बढ्दै गएको छ ।

फूलको गहनतासँगै तियानन्मेन स्क्वायर चीनको रणनीतिक, सांस्कृतिक र आध्यात्मिक क्षेत्र पनि हो । यहीबाट चीनले बाह्य जगतका लागि सन्देशहरू प्रवाह गरिरहेको हुन्छ । सन् १९९९ मा जनगणतन्त्रले आफ्नो ५०औं जन्मदिन मनाउँदा स्क्वायरमा भव्य सैन्य परेड आयोजना भयो यसबाट सुधार र खुल्लापनको नयाँ युगका सेना सामेल भए भने सोही वर्ष चीनको पहिलो शनचौ-१ अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरियो ।

सन् २००१ मा थ्यानमन स्क्वायरमा फूलको परम्परागत सजावट एक मुटुको भावार्थ भन्दै शानदार ‘हाइलाइट’ गरिएको थियो । सन् २००९ मा जनगणतन्त्र चीन स्थापनाको ६०औं वार्षिकोत्सवका लागि नयाँ हतियारको समीक्षाका साथ १४औं सैन्य परेड र नयाँ शताब्दीको पहिलो सैन्य परेड गरिएको थियो । सन् २०१४ मा, थ्यानमन स्क्वायरको केन्द्रमा ठूलो फूल राखियो, "मातृभूमिको आशिर्वाद" विषयक। टोकरीको पिँधमा चिनियाँ गाँठो ढाँचा र चिनियाँ सपना पात्रहरु मिसाएर चिनियाँ शैली र संस्कृतिको गहिरो विरासतलाई हाइलाइट गरिएको थियो ।

सन् २०१६ मा स्क्वायरमा ठूलो फूलको टोकरी डिजाइन गर्दा मातृभूमिको समृद्धि र समृद्धिको आशिर्भाव सहित छिङ राजवंशका चित्रकारको शैली अंकित गरिएको थियो। सन् २०१७ मा स्क्वायरमा ठूलो फूल टोकरी ठड्याइएको थियो । जसमा मांगलिक फलफूलहरुको प्रतीकका साथै चिनियाँ कम्युनिष्ट पार्टीको १८औं जनकांग्रेसले देश र जनताका लागि हासिल गरेका शानदार उपलब्धिहरुको प्रतीकको रूपमा चित्रित गरिएको थियो ।

सन् २०१८ को डिजाइनमा चिनियाँ फूलभित्र सुधार र खुल्लापनपछि विदेशबाट पेश गरिएको एक नयाँ विविधता झल्काइएको थियो । एन्थुरियमको टुक्राहरु रातो मुटु जस्तै, रातो पार्टी, एकता जस्ता विषयको रूपमा रहेको भनेर व्याख्या गरिएको थियो ।

सन् २०२१ को राष्ट्रिय दिवस मनाउँदै गर्दा चीनले गरिबी उन्मूलनदेखि अन्तरिक्ष अन्वेषणसम्मका अनेकन अद्भूत उपलब्धीहरू हासिल गरेको छ। त्यसैकारण यसपटकको फूलमा यस्तै गहन भावार्थ कुँदिएको छ । च्याङक्वोमनदेखि फुसिङमनसम्मको छाङआन सडक खण्डमा त्रिआयामिक १० समूह फूलहरू बिच्छ्याइएको छ । चिनियाँ संचारमाध्यमहरूका अनुसार यसपटकको फूलको परिभाषा शताब्दी संघर्ष र नयाँ यात्रा भन्ने रहेको छ। देश नै जनता र जनता नै देशद्वारा चिनियाँ सपनाको प्रकटीकरण गर्नुका साथै सुन्दर भविष्यका लागि बृहत पार्टी निर्माणको भावना र संघर्ष, म एउटा शक्तिशाली मुलुक, उच्च गुणस्तरीय विकास, नवआविष्कार तथा नेतृत्व, भाग्य समुदाय, हरित विकास लगायत आसन्न हिउँदे ओलम्पिकको स्वागत जस्ता नारा र सार ती पुष्प सजावटमा उल्लेख गरिएको छ।

चीनको राष्ट्रिय दिवस चीनको मात्रै भएपनि अन्तर्राष्ट्रिय पाहुनाहरूको आमन्त्रण, चीनका राष्ट्राध्यक्षको महत्वपूर्ण सम्बोधन, चिनियाँ चरित्रको उद्बोधन तथा चिनियाँ शक्ति प्रदर्शनको मुख्य दिन भएकाले सबैको चासोको विषय त हुने नै भयो । त्यसका अलावा पुष्पगुच्छामा समेटिने भावार्थले नै देश विदेशको ध्यान तान्ने गर्दछ ।

प्रकाशित : आश्विन १२, २०७८ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?