कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किम्फमा २८ देशका ५ दर्जन फिल्म

नेपाल पानारोमा खण्डमा १३ र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ४० डकुमेन्ट्री सहभागी हुँदै, वातावरणीय परिवर्तन र जलवायु परिवर्तनको मुद्दा केन्द्रमा

काठमाडौँ — वातावरण जलवायु परिवर्तनको विषयमा केन्द्रित रहेर १९ औं काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) बिहीबार सुरु भएको छ । ‘क्लाइमेट कर्म’ शीर्षक दिइएको महोत्सवको यो संस्करणमा डकुमेन्ट्रीका अतिरिक्त फिक्सन, सर्ट फिल्म र एनिमेसन गरी २८ देशका ६० भन्दा बढी फिल्म देखाइनेछन् ।

किम्फमा २८ देशका ५ दर्जन फिल्म

चलचित्र विकास बोर्डको सभाहलमा भएको उद्घाटन समारोहमा भारतीय इन्जिनियर एवं शिक्षा सुधारक सोनाम वाङचुकले विशेष मन्तव्य दिएका थिए । उनले संसारको साझा शत्रु भनेको जलवायु परिवर्तन र यसबाट सिर्जित विनाश रहेको बताउँदै यससँग जुध्न सबैले पहल गनुपर्नेमा जोड दिए । उनले जनतालाई जोगाउने नाममा हरेक देशले विश्वव्यापी रूपमा सैन्यशक्ति विस्तार गर्दै अर्बौं डलर खर्चिरहेको तर सबैको साझा शत्रु भनेको जलवायु परिवर्तन हो भन्ने कुरा सबैले स्वीकार नगरिरहेको बताए ।

उनले फिल्मका माध्यमबाट वातावरणीय परिवर्तनका मुद्दा उठाउन फेस्टिभलले सहयोग पुर्‍याउने बताए । वाङचुक एसियाको नोबल भनिने म्यागासासे अवार्डबाट पुरस्कृत भइसकेका छन् । बलिउडको चर्चित सिनेमा थ्री इडियट्समा आमिर खानले खेलेको भूमिका वाङचुकबाट प्रेरित रहेको बताइन्छ । यद्यपि वाङचुकले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

महोत्सवको नेपाल पानारोमा खण्डमा १३ र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ४० डकुमेन्ट्री सहभागी हुँदै छन् । महोत्सवको निर्देशक रम्यता लिम्बूले भौतिक रूपमा उपस्थित भएर र अनलाइनबाट प्रत्यक्ष रूपमा पनि डकुमेन्ट्री हेर्न सकिने बताइन् । उनले भनिन्, ‘यसपाला वातावरणीय परिवर्तन र जलवायु परिवर्तनको मुद्दालाई केन्द्रमा राखेका छौं ।’

प्रकाशित : मंसिर २३, २०७८ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?