कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हरर फिल्मको सुटिङमै तर्साउने घटना भयो: गौरी मल्ल

काठमाडौँ — अभिनेत्री गौरी मल्ल हरर फिल्म 'कठपुतली : द पपेट'को छायांकन दौरान विश्वास गर्नै नसकिने घटनाहरु घटेको सुनाउँछिन् ।

हरर फिल्मको सुटिङमै तर्साउने घटना भयो: गौरी मल्ल

तन्त्रमन्त्रमा विश्वास गर्ने मल्लले हालै फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा छायांकन दौरान तर्साउने कामहरु भएको कुरा सुनाइन् ।

'बालमन्दिरको भग्नावशेष ठाउँमा सुटिङ गर्दा मनोवैज्ञानिक रुपले पनि हामी अर्कै अवस्थामा पुगिरहेका हुन्थ्यौं । त्यहाँ केही घटना पनि घटे । हाम्रा प्राविधिकहरुलाई उचाले, पछारे, फ्याँकिदिए । हाम्रो टिमको भाइबहिनीहरु एक्लै बस्न मान्दैन थिए । त्यो ठाउँ नै त्यस्तै थियो । एक त हामी हरर फिल्म नै बनाउँदै थियौं । त्यस्ता घटना एकपछि अर्को घट्दै थिए । हामीलाई कुरा गर्ने विषय पनि निस्किरहेको थियो । तर हाम्रो काम रोकिएन । त्यसमै बगिरह्यौं । अब त्यसको नतिजा निस्कने क्षणमा आइपुगेका छौं ।'

प्रदर्शन अगावै केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौटमा परेको यस फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । सम्पदा मल्लको कथामा तयार भएको यस फिल्ममा अभिनेत्री मिथिला शर्माको पनि अभिनय छ । अभिनेत्री शर्मा भने तन्त्रमन्त्रमा विश्वास राख्दिनन् । 'म भूतप्रेतमा विश्वास गर्छु । तर मिथिला शर्मा न भूतप्रेतमा विश्वास विश्वास गर्छिन् न तन्त्रमन्त्रमा,'गौरीले भनिन् । अभिनेत्री शर्मा भने भूतप्रेतमा भन्दा मानिससँगै डर लाग्ने गरेको गरेको बताउँछिन् । 'हामी प्राविधिक र कलाकार अरु सुत्दा हामी भात खान्छौं । अरुले दाँत माझ्दा हामी घर पस्छौं हामी नै भूत हो । म मानिससँग तर्सिन्छु न भूतसँग,'उनले ठट्यौली शैलीमा सुनाइन् ।

प्रकाशित : मंसिर २२, २०७८ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?