कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिन्दी गीत लिप्सिङबाट चर्चामा तान्जानियाका दाजुबहिनी

काठमाडौँ — तान्जानियाका दुई दाजुबहिनी हिन्दी गीतहरुमाथि टिकटकमा लिप्सिङ भिडियो बनाउँदै चर्चामा आएका छन् । 'रात लम्बिया' बोलको गीतमा लिप्सिङ भिडियो बनाएर चर्चामा आएका किलि पल र नीमा पलले हालै 'सुर्यवंशी' फिल्मको गीतमाथि पनि भिडियो बनाएका छन् ।

हिन्दी गीत लिप्सिङबाट चर्चामा तान्जानियाका दाजुबहिनी

उनी दुईले फिल्मको 'टिप टिप वर्षा पानी'मा लिप्सिङमात्रै होइन कट्रिना कैफ र अक्षय कुमारको स्टेप पच्छाउँदै भिडियो बनाएपछि भारतीय संचारमाध्यमले किलि र नीमामाथि समाचार नै बनाएका छन् ।

'यो गीत सार्वजनिक भएसँगै चर्चामा छ,' इन्स्टाग्राममा भिडियो राख्दै किलिले कट्रिना र अक्षयलाई ट्यागसमेत गरेका छन् । ‍हिन्दी भिडियो बनाउँदै चर्चामा आएका किलि र नीमाले बलिउड फ्यान पनि कमाएका छन् । यसअघि किलिले 'कुछ कुछ होता है' फिल्मको गीतमाथि लिप्सिङ गरेका थिए ।

प्रकाशित : मंसिर २१, २०७८ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?