२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

भाइरल गीतलाई चीनले लगायो प्रतिबन्ध

एजेन्सी

बेइजिङ — मलेसियन गीतकार तथा गायक नामेवीले सार्वजनिक गरेपछि भाइरल बनेको एउटा नयाँ गीतलाई चीनमा प्रतिबन्ध लगाइएको छ । चिनियाँ 'लिटल पिंक्स' अर्थात् इन्टरनेटमा चीन सरकारको अन्ध समर्थन गर्ने युवा राष्ट्रवादीहरूमाथि उक्त गीतले व्यंग्य गरेका कारण प्रतिबन्ध लगाएको बताइएको छ ।

भाइरल गीतलाई चीनले लगायो प्रतिबन्ध

गीतको लिरिक्समा समेटिएका 'पुन शिक्षा शिविर', 'कटन', 'अविभाज्य सम्बन्ध' जस्ता शब्दले सिन्जियाङदेखि ताइवानसम्मका सार्वभौमिकताका संवेदनशील मुद्दालाई गीतले उठाएको छ । उक्त गीतको भिडियो चीनमा प्रतिबन्धित भए पनि ताइवान, हङकङ, मलेसिया र सिंगापुरमा भने भाइरल बनेको छ ।

'फ्रेजाइल' नामको उक्त गीत नामवी उपनामबाट चर्चित वी मेङ ची तथा अष्ट्रेलियन गायिका केम्बर्ली चेनले तयार पारेका हुन् । जुन गीत गत अक्टोबर १५ मा नै सार्वजनिक भएको थियो । केही दिनमै युट्यूबमा गीतको भिडियो डेढ करोडले अवलोकन गरेपछि चीनले यसप्रति चासो देखाएको हो ।

गीतले चिनियाँ राष्ट्रवादीसँगै कम्युनिस्ट पार्टीमाथि समेत व्यंग्य गरेको छ । यस गीतका गायक तथा र्‍यापर नामवीले उक्त गीतमाथि चीन सरकारले प्रतिबन्ध लगाइरहँदा उक्त गीत सुन्न चाहने अरु जनताहरूमाथि पनि प्रतिबन्ध लगाएको अर्थ लाग्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : मंसिर ७, २०७८ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?