कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलिउड अभिनेत्री राधिका भन्छिन्- 'मेकअप गर्दागर्दै दिक्क हुन्छु'

एजेन्सी

काठमाडौँ — बलिउड अभिनेत्री राधिका आप्टेले सुन्दर देखिनका लागि सर्जरी गर्न नहुने बताएकी छन् । मनोरञ्जन क्षेत्रका कलाकारहरुले अत्याधीक मेकअप गर्ने व्यवहारप्रति उनले यस्तो टिप्पणी गरेकी हुन् । बरु प्राकृतिक सौन्दर्यको बारेमा कुरा गर्नुपर्ने उनले बताइन् ।

बलिउड अभिनेत्री राधिका भन्छिन्- 'मेकअप गर्दागर्दै दिक्क हुन्छु'


"मलाई लाग्छ, मेकअप विना मेरो अनुहार कस्तो देखिन्छ भनेर सबैलाई थाहा छ । त्यहाँ लुकाउनुपर्ने केही छैन । कहिलेकाहीँ म मेकअप गर्दागर्दै साँच्चिकै दिक्क हुन्छु । तर ब्रान्डले पनि मबाट केही आशा गरेका हुन्छन् । त्यसैले मेकअप गर्न झन्झट नहोस् भनेर मैले एउटा फिल्टर राखेँ," राधिकाले भनिन् ।

केही समयअघि मात्रै मनोरञ्जन क्षेत्रका सेलिब्रिटीहरुमाझ सामाजिक सञ्जालमा आफ्नो वास्तविक अनुहारको फोटो पोस्ट गर्ने अभियान नै चलेको थियो । त्यस्ता मेकअप विनाका तस्बिरहरु अहिले पनि इन्स्टाग्रामा पोस्ट गर्ने चलन फेरि सुरु भएको छ ।

राधिकाले भने हालै भारतीय सञ्चारमाध्यम टाइम्स नाउसँगको अन्तर्वार्तामा अब प्राकृतिक सौन्दर्यबारे कुरा गर्नुपर्ने बताइन् । यस्तै उनले सर्जरी गर्ने क्रम पनि बन्द गर्नुपर्ने बताएकी छन् ।

सामाजिक सञ्जालमा गरिने ट्रोलले भने आफूलाई कुनै असर नपार्ने राधिकाले बताएकी थिइन्इ । तर कोरोनाविरुद्धको लकडाउन अवधिमा उनले केही प्रतिक्रिया पढेको र त्यसले उनलाई डिस्टर्ब गरेको पनि बताइन् । "सामान्यत म कहिल्यै कमेन्टहरु हेर्दिनँ । लकडाउनको अवधिमा मैले केही कमेन्ट पढेँ जसले मलाई विक्षिप्त बनायो । त्यो मलाई असहज भएकाले हैन । बरु मानिसहरुमा कति धेरै घृणा र नकारात्मकता रहेछ भनेर मात्रै । ती कमेन्ट हेर्न निकै गाह्रो छ ।"

राधिका २०१८ देखि डानियल वेलिङटन ब्रान्डसँगसमेत जोडिएकी छन् । यस क्रममा उनले आफूलाई घडी मनपर्ने र अरुलाई पनि घडी नै उपहार दिने बताइन् । तर हालै उनले मेकअप र प्राकृतिक सौन्दर्यबारे खुलेर बोलिन् । अभिनेत्री राधिकाले बदलापुर, माझी द माउन्टेन म्यान, पार्चड लगायत फिल्ममा जीवन्त अभिनय गरिसकेकी छन् ।

प्रकाशित : कार्तिक ३, २०७८ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?