ठगी मुद्दामा बलिउड अभिनेत्री नोरा र ज्याकलिनमाथि अनुसन्धान
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
नयाँदिल्ली — बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही र जेकलिन फर्नान्डेजमाथि ठगी मुद्दामा अनुसन्धान हुने भएको छ । उनीहरुलाई भ्रष्टाचारविरुद्ध सरकारी निकाय प्रवर्तन निर्देशनालयले उनीहरुलाई अनुसन्धानका लागि बोलाएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![ठगी मुद्दामा बलिउड अभिनेत्री नोरा र ज्याकलिनमाथि अनुसन्धान](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/third-party/nora-jacklin-14102021093724-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
नोरा हालै निर्देशनालयको कार्यालयमा अनुसन्धानका लागि जँदै गरेको तस्बिर समेत सार्वजनिक भएको छ । जेकलिन भने शुक्रबार मात्रै कार्यालयमा उपस्थित हुने बताइएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार यसअघि ठगी मुद्दामा पक्राउ परेका कलाकार सुकेश चन्द्रशेखर र लिना पलसँग फतेही र फर्नान्डेजको सम्बन्ध हुनसक्ने भन्दै अनुसन्धान गर्न थालिएको हो ।
चन्द्रशेखर र लिना यसअघि नै २०० करोड ठगी र फिरौती मुद्दामा पक्राउ परिसकेका छन् । सोही मुद्दामा अभिनेत्रीद्वयको हात हुनसक्ने आशंका गर्दै उनीहरुमाथि पनि अनुसन्धान गर्न थालिएको हो ।
चन्द्रशेखर र लिनालाई फोर्टिस हेल्थकेयरका प्रमोटर शिविन्दर सिहंको परिवारबाट करिब २०० करोड रुपैयाँ ठगी गरेको आरोपमा दिल्ली प्रहरीले गिरफ्तार गरेको थियो । चन्द्रशेखर यसअघि पनि अन्य थप्रै मुद्दामा मुछिएका छन् । १७ वर्षको उमेरदेखि नै आपराधिक गतिविधमा सक्रिय उनीमाथि दर्जनौ मुद्दा परेका छन् । उनलाई हाल नयाँदिल्लीस्थित रोहिणी जेलमा राखिएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)