कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चर्चित गायिका तिवा भन्छिन्- गोप्य भिडियोलाई लिएर ममाथि 'ब्ल्याकमेल' भयो

एजेन्सी

वासिङटन — नाइजेरियन गायिका तथा कलाकार तिवा सावेजले आफ्ना प्रेमीसँगको सेक्स टेपलाई लिएर आफूमाथि कसैले ब्ल्याकमेल गरेको बताएकी छन् । प्रेमीसँग खिचेका केही निजी र अन्तरंग भिडिओ फुटेजलाई लिएर आफूमाथि अज्ञात व्यक्तिले ब्ल्याकमेल गरेको बताएकी हुन् ।

चर्चित गायिका तिवा भन्छिन्- गोप्य भिडियोलाई लिएर ममाथि 'ब्ल्याकमेल' भयो

गायिका तिवाले विभिन्न सञ्चारमाध्यममा यसबारे खुलेर प्रतिक्रिया दिएकी छन् । ती व्यक्तिले पैसा नदिए भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै मानसिक दबाब दिएको तर आफू पैसा तिर्न तयार नभएको उनको भनाइ रहेको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले लेखेका छन् ।

तर उनले उक्त भिडियोलाई सेक्स टेप भनेर भन्न नचाहेको बताएकी छन् । 'म यसलाई सेक्स टेप भन्दिनँ । तर यो म र मैले डेट गरिरहेका व्यक्तिबीचको भिडियो हो,' सावेजले भनेकी छन् ।

सावेजका अनुसार उनका प्रेमीले गल्तीवश् भिडियो लिक भएको भन्दै माफी माग्नुभन्दा अघि नै अज्ञात व्यक्तिको हातमा भिडियो पुगिसकेको र ब्ल्याकमेल गर्न थालेको उनले बताएकी छन् । उनका प्रेमीले सुरुमा उक्त भिडियो स्न्यापच्याटमा पोस्ट गरेका थिए ।

सावेजले यस घटनाबाट आफू रोएको समेत बताएकी छन् । साथै सावेजले आफ्ना प्रेमी पनि यस घटनाबाट विक्षिप्त र दुखी बनेको बताएकी छन् । र उनले सावेजको करिअर खतरामा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको बताइन् । अफ्रिकी मूलकी गायिका तवा सावेजले २०१८ को एमटिभी यूरोप म्यूजिक अवार्डसहित थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेकी छन् ।

प्रकाशित : आश्विन २३, २०७८ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?