कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिगबोसमा प्रतिस्पर्धीबीच धक्कामुक्की र तोडफोड

एजेन्सी

मुम्बई — भारतीय चर्चित रियालिटी शो बिगबोसको १५ सिजन यसै साता सुरु भयो । यसपटकको सिजनमा चर्चित सेलिब्रीटी करन कुन्द्रादेखि अभिनेता जय भानुसालीसम्म छन् । करन र जयको प्रवेशले पनि यसपटकको बिगबोसलाई थप आकर्षक बनाएको बताइन्छ ।

बिगबोसमा प्रतिस्पर्धीबीच धक्कामुक्की र तोडफोड

तर तीन दिनमै बिगबोसको घरभित्र एउटा यस्तो झगडा भयो जसले बिगबोस १३ मा भएको सिद्धार्थ शुक्ला र आसिम रियाजबीचको झगडालाई पनि बिर्साइदिएको छ । बिगबोसले सबै प्रतिष्पर्धीलाई 'जंगलवासी' नामको प्रतिस्पर्धात्मक खेल दिएको थियो ।

जहाँ जय भानुसाली र प्रतीक सेहजपालबीच नराम्ररी झगडा भएको हो । यस क्रममा प्रतीकले बिगबोसको सीसा नै फुटाइदिएका छन् । दुई जनाबीच भनाभन र धक्कामुक्की समेत भयो । बिगबोसले उनीहरुलाई एउटा नक्सा दिएको थियो । प्रतीकले चोर्ने र लुकाउने प्रयास गरेपछि दुई जनाबीच विवाद गहिरिएको हो ।

यस क्रममा बिगबोसका अरु प्रतिष्पर्धीलाई जय र प्रतीकलाई सम्हाल्न र सम्झाउन नै मुस्किल भयो । आक्रामक बनेका प्रतीकलाई करन कुन्द्रासहित अरु प्रतिष्पर्धीले निकै मेहनतसाथ सम्हाल्नु परेको थियो । प्रतीकले भने जयले आफ्नो निजी मामिला जोडेर गाली गरेपछि आफू रिसाएको प्रतिक्रिया साथीहरुलाई दिएका थिए ।

सुरुको दिनदेखि नै उनीहरुबीच मनमुटाब थियो । बिगबोसमा यस्ता झगडा सामान्य नै मानिन्छन् । तर बिगबोसको सम्पत्ति नै तोडफोड गर्नेलाई आयोजकले कडा कारबाही गर्नसक्छ । यसअघि बिगबोस १३ मा पनि सिद्धार्थ शुक्ला र आसिम रियाजबीचको झगडाले उग्र रुप लिँदा निर्णय सुनाउन सञ्चालकलाई नै मुस्किल भएको थियो । पछिल्लो झगडामा जय र प्रतीकमध्ये को दोषी थियो त ? वा दोषीलाई कस्तो कारबाही गरिएला भन्नेबारे निर्णय शुक्रबार राति मात्रै कार्यक्रमका सञ्चालक सलमान खानले सुनाउनेछन् ।

प्रकाशित : आश्विन २१, २०७८ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?