कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुटिङका लागि तयार सेहेनाज

एजेन्सी

मुम्बई — बिगबोसबाट चर्चामा आएकी सेहेनाज गिलको पन्जाबी फिल्म यसै महिनाको अन्त्यमा सार्वजनिक हुँदैछ । उक्त फिल्मको विशेष गीत भने बनाउन बाँकी नै छ । सिद्धार्थ शुक्लाको निधनपछि सेहेनाज शोकमग्न हुँदा उक्त गीतको सुटिङको काम रोकिएको हो ।

सुटिङका लागि तयार सेहेनाज

सेहेनाजका प्रेमीको रुपमा चिनिएका सिद्धार्थ बिगबोस १३ का विजेता समेत हुन् । ४० वर्षको उमेरमा गत महिना शुक्लाको निधन भएको थियो ।

शुक्लाको दाहसंस्कारमा भावविह्वल बन्दै रोएकी सेहेनाज त्यसयता भने कुनै सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । कतिपय भारतीय सञ्चारमाध्यमले त सेहेनाज अब फिल्ममा काम नगर्ने मनस्थितिमा पुगेको समाचार समेत सार्वजनिक गरेका थिए । सिद्धार्थको निधनपछि उनी फिल्ममा नलाग्ने भन्दै केही टिप्पणी समेत आएका थिए ।

तर सिद्धार्थको निधनको एक महिनापछि सेहेनाजको फिल्मका निर्माता दलजित थिन्डले सेहेनाज फिल्मको काम अगाडि बढाउन तयार रहेको प्रतिक्रिया दिएका छन् । उनले आफू सेहेनाजका निकटस्थहरुसँग नियमित सम्पर्कमा रहेको र उनको बारेमा जानकारी लिइरहेको बताएका छन् । सेहेनाज सुटिङका लागि तयार रहेकोमा आफू खुसी बनेको समेत निर्माता दलजितको भनाइ छ ।

सेहेनाजको भिसामा समस्या नआएमा उक्त गीतको सुटिङ बेलायतमा गर्ने समेत तयारी भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सेहेनाजले अक्टोबर ७ मा फिल्म टोलीसँग भेटघाट गर्नेछिन् ।

प्रकाशित : आश्विन १९, २०७८ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?