कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

कानूनी अभिभावकबाट मुक्त भइन् ब्रिट्नी स्पियर्स

एजेन्सी

काठमाडौँ — चर्चित गायिका ब्रिट्नी स्पियर्सले कानूनी अभिभावक(संरक्षक)बाट मुक्ति पाएकी छन् । लस एन्जलस अदालतले जेमी स्पियर्सलाई कानूनी अभिभावकबाट हटाएसँगै  झन्डै १३ वर्षको दुर्व्यवहारपूर्ण संरक्षकत्वबाट उनी स्वतन्त्र भएकी हुन् ।

कानूनी अभिभावकबाट मुक्त भइन् ब्रिट्नी स्पियर्स

सन् २००८ मा जेमीको मानसिक स्वास्थ्यका कारण अदालतले जेमीलाई ब्रिट्नीको संरक्षक बनाएको थियो । ब्रिट्नीले पिता जेमीले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएसँगै उनलाई संरक्षकबाट हटाइएको हो ।

दुर्व्यवहारको आरोप अस्वीकार गरेका जेमीले पछिल्लो समय संरक्षकत्वबाट आफूलाई हटाउन माग गरेका थिए । ब्रिट्नीका समर्थकहरुले विश्वभरबाट 'फ्रि ब्रिट्नी' अभियान चलाएका थिए । ब्रिट्नीलाई अदालतले न्याय दिएसँगै समर्थकहरुले अदालतअघि नै खुसीयाली मनाए ।

यसअघि जेमीले ब्रिट्नीको जीवनका महत्वपूर्ण निर्णयमात्र नभई उनको सम्पत्तिमाथि पनि हस्तक्षेप गर्दैआएका थिए । तर तीन घण्टाको लामो अदालती सुनुवाईपछि ब्रिट्नीले आफ्नो ७ अर्ब १५ करोड ४५ लाख ८६ हजार (६० मिलियन अमेरिकी डलर) रुपैयाँ सम्पत्तिमाथि अधिकार पाएकी हुन् ।

आफ्नो जीवनको निर्णय लिन नसक्ने, मानसिक अस्वस्थ्यता भएकाहरुलाई अदालतले कानूनी अभिभावक तोकिदिने गर्छ । सन् २००८ देखि नै ब्रिट्नीले आफ्नो सम्पत्तिमाथि अधिकार पाएकी थिइनन् । गत नोभेम्बरमा नै स्पिर्यसका वकिलले लस एन्जलको अदालतमा जेमीलाई संरक्षकबाट हटाउनुपर्ने याचिका दायर गरेका थिए ।

स्पियर्सले अदालतलाई लागूऔषध दिइएको, इच्छाविपरीत सांगीतिक कार्यक्रम गर्न बाध्य पारिएको र सन्तान जन्माउन नदिएको बताएकी थिइन् । 'मलाई मात्र, मेरो जीवन फिर्ता चाहिएको छ,' ३९ वर्षीया गायिकाले अदालतलाई भनेकी थिइन् । खुला अदालतमा पहिलो पटक बयान दिने क्रममा पप स्टार स्पियर्सले आफ्नो पिताले आफूलाई शतप्रतिशत नियन्त्रणमा राखेको बयान दिएकी थिइन् ।

प्रकाशित : आश्विन १५, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?