कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ प्रेमीसँग एन्जेलिना जोली

एजेन्सी

वासिङटन — अमेरिकी अभिनेत्री एन्जेलिना जोली नयाँ प्रेमी द विकन्डको साथमा डेटिङ गर्दै गरेका केही तस्बिरलाई लिएर हलिउडमा गसिप बनेको छ । ४६ वर्षीया एन्जेलिला पछिल्लो शनिबार राति ३१ वर्षीय प्रेमी  विकन्डको साथ इटालियन रेस्टुरेण्टको प्राइभेट कक्षबाट निस्किँदै गरेका तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

नयाँ प्रेमीसँग एन्जेलिना जोली

ब्राड पिटसँग सम्बन्ध विवाह गरेको दुई वर्षमै सम्बन्ध विच्छेद गरेकी एन्जेलिना क्यानेडियन गायकसँग नजिकिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । डेलीमेलका अनुसार पछिल्लो शनिबार राति एन्जेलिनाले प्रेमीको साथ रेस्टुरेण्टको प्राइभेट सेक्सनभित्र साढे दुई घण्टा सँगै बिताएकी थिइन् । कालो पहिरनमा सजिएर रेस्टुरेण्टबाट सँगै निस्कँदै गरेको यो जोडीबारे यतिबेला विभिन्न विदेशी सञ्चारमाध्यमले समाचार बनाएका छन् ।

६ बालबालिकालाई आश्रय दिँदैआएकी एन्जेलिना ब्राड पिटसँग २०१६ मा छुटिएकी थिइन् । १२ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको दुई वर्षमै एन्जेलिना र ब्राट छुटिएका थिए । ब्राड पिटसहित एन्टोन श्नाइडर, जेनी शिमिजु, टिमोथी हटन, मिस्टी कूपर, कोलिन फेरेल, भाल किल्मर, टाई डिग्स र व्याक्लेफ जीनसँग एन्जेलिना जोलीको नाम जोडिने गरेको थियो ।

प्रकाशित : आश्विन ११, २०७८ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?