कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमी अवार्डमा 'द क्राउन' उत्कृष्ट ड्रामा 

काठमाडौँ — ७३ औं एमी अवार्ड भौतिक उपस्थितिमै सम्पन्न भएको छ । गत वर्ष कोरोना महामारीले गर्दा अवार्ड कार्यक्रम भर्चुअली आयोजना भएको थियो । 

एमी अवार्डमा 'द क्राउन' उत्कृष्ट ड्रामा 

२४ विधामा मनोनित सिरिज 'द क्राउन'ले यो वर्ष एमीमा 'उत्कृष्ट ड्रामा सिरिज', 'उत्कृष्ट अभिनेता(ड्रामा), र 'उत्कृष्ट सहायक अभिनेता' को प्रमुख अवार्ड जित्यो । बेलायतको राजकीय परिवारको कथामा आधारित सिरिजले यसबाहेक उत्कृष्ट लेखन र निर्देशनको अवार्ड पनि जित्यो ।

सबैभन्दा बढी मनोनयनमा पर्न सफल सिरिजको तर्फबाट अलिभिया कोलम्यान(रानी एलिजावेथ-२) र जोस कर्नर (राजकुमार चार्ल्स)ले अवार्ड जितेका हुन् । यो वर्षको एमीमा सबैभन्दा बढी मनोनयनमा पर्ने अर्को कमेडी सो थियो 'टेड लास्सो' ।

१३ विधामा मनोनित सोले अवार्ड कार्यक्रममा उत्कृष्ट कमेडी सिरिजतर्फको अवार्ड आफ्नो पोल्टामा पार्न सफल भयो । यति मात्र होइन सोबाटै हन्ना वडिङघमले उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड उचालिन् । त्यस्तै ब्रेट गोल्डस्टीनले उत्कृष्ट सहायक अभिनेता(कमेडी)तर्फको अवार्ड यही सोबाट उठायो ।

प्रकाशित : आश्विन ५, २०७८ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?