कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर टीभीमा रियालिटी सो ‘डान्स च्याम्पियन’

काठमाडौँ —  कान्तिपुर टेलिभिजनमा आगामी कात्तिक ११ देखि डान्स रियालिटी सो ‘डान्स च्याम्पियन’ प्रसारण हुने भएको छ ।

कान्तिपुर टीभीमा रियालिटी सो ‘डान्स च्याम्पियन’

कान्तिपुर टेलिभिजन र की एडभरटाइजिङले बिहीबार सम्झौता गर्दै कार्यक्रम प्रत्येक साताको बिहीबार र शुक्रबार बेलुकी ९ बजे प्रसारण हुने घोषणा गरेका हुन् ।

इन्टरनेसनल डान्स एकेडेमी एन्ड फिल्मस् प्रालिले उत्पादन गर्ने डान्स च्याम्पियनका निर्णायकमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा छन् । प्रस्तोता उमेश राई (फुलन्देकी आमा) हुन् ।

३२ भागको कार्यक्रमका विजेताले २५ लाख रुपैयाँ पाउनेछन् । कार्यक्रमले नेपाली नृत्य र कलाकारितालाई उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

प्रकाशित : आश्विन १, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?