कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन-३ को विजेता

कान्तिपुर संवाददाता

काठमाडौँ — किरण गजमेर भ्वाइस अफ नेपाल सिजन-३ को विजेता बनेका छन् । शनिबार राति सम्पन्‍न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगरलाई पछि पार्दै गजमेर विजेता बन्न सफल भएका हुन् ।

किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन-३ को विजेता

टिम प्रमोद(खरेल)का गजमेरले फिनालेमा मन्त्र ब्यान्डको 'हिमाली नेपाली' बोलको गीतमा प्रस्तुति दिएका थिए । विजेता भएसँगै उनले नगद २५ लाख रूपैयाँ पनि प्राप्त गरे ।

उनी झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मिएका हुन् । भुटानबाट सर्वस्व त्यागेर उनको परिवार नेपाल आएको थियो ।

हाल अमेरिका बस्दै आएका किरणले भ्वाइसको ट्रफी उचाल्दा आफूले नेपाली नागरिकता पाएजस्तो अनुभव भएको प्रतिक्रिया दिए । 'मैले नागरिकता पाएको थिइनँ । तर यो ट्रफी नागरिकता हो मेरो लागि,'किरणले भनेका छन् ।

भ्वाइसको कार्यक्रममा गायिका प्रविशा अधिकारी, राजेश पायल राईले गायन प्रस्तुति दिएका थिए ।

प्रकाशित : श्रावण २४, २०७८ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?