कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिज्नीविरुद्ध जोहानसनको उजुरी

कान्तिपुर संवाददाता

काठमाडौँ — 'ब्ल्याक विडो' को सम्झौता उल्लंघन गरेको भन्दै हलिउड अभिनेत्री स्कारलेट जोहानसनले वाल्ट डिज्नी कम्पनीविरुद्ध अदालतमा उजुरी दिएकी छन् । हलमा प्रदर्शन गर्ने भन्दै सम्झौता गरेको डिज्नीले हलसँगै डिजिटल स्ट्रिमिङ डिज्नी प्लसमा फिल्म प्रदर्शन गरेपछि आफूसँगको सम्झौता उल्लंघन गरेको जोहानसनको दाबी छ ।

डिज्नीविरुद्ध जोहानसनको उजुरी

'ब्ल्याक विडो' की प्रमुख अभिनेत्री जोहानसनले सार्वजनिक गरेको बयान अनुसार डिज्नीले उनीसँग फिल्मको प्रदर्शन हलमा गर्ने र बक्स अफिसको प्रस्तुतिका आधारमा त्यसबाट पारिश्रमिक दिने सम्झौता गरेको थियो । तर कोरोना महामारीका कारण कम्पनीले फिल्मको प्रदर्शन हलसँगै डिजिटल प्लेटफर्ममा गर्‍यो । उनी डिज्नीले आफ्नो फाइदाका लागि स्ट्रिमिङ सेवाहरुको विकास गर्न हलको प्रदर्शन त्यागेको उल्लेख गरेकी छन् ।

'डिज्नीले केही दिन नपर्खी किन फिल्मलाई हलमा प्रदर्शन गर्‍यो ? जबकि उनीहरुलाई थाहा थियो यो बेला हलमा फिल्म खासै चल्दैन भन्ने,'जोहानसनले आफ्नो बयानमा उल्लेख गरेकी छन्,' उनीहरुले फिल्मलाई डिज्नीमा प्रदर्शन गर्दै त्यसबाट हुने फाइदा उठायो । फिल्मलाई डिज्नी प्लसमा प्रदर्शन गर्दै दर्शकमा विभिन्न सब्सक्रिब्सनको आकर्षण गर्‍यो ।'

डिज्नीका एक प्रवक्ताले भने अभिनेत्रीको उक्त उजुरीमा कुनै दम नभएको बयान जारी गरेका छन् । 'यो उजुरीमा कुनै दम छैन । कोभिडले निम्त्याएको यो परिस्थितिमा जोहानसनको उजुरी चिन्ताजनक छ । डिज्नीले जोहानसनसँगको सम्झौताको पूरा पालना गरेको छ । फिल्मको स्ट्रिमिङ सेवाले उनलाई अहिलेसम्म २० मिलियन अमेरिकी डलर दिइसकेको छ,' डिज्नीका एक प्रवक्ताले भनेका छन् ।

यो फिल्मको प्रदर्शन महामारीका कारण एक वर्ष पछाडि धकेलिएको थियो । फिल्म गत जुलाईमा हलसँगै डिज्नीका स्ट्रिमिङ सेवाहरुमा प्रदर्शनमा आएको थियो । डिज्नीका अनुसार फिल्मले ओपनिङ हप्तामा ६० मिलियन अमेरिकी डलर कमाएको थियो ।

प्रकाशित : श्रावण १५, २०७८ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?