कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘गुराँस’ लाई नेदरल्यान्ड्सको स्क्रिप्ट फन्ड

काठमाडौँ — सौरभ राईको निर्देशन रहने फिल्म ‘गुराँस’ले नेदरल्यान्ड्सको स्क्रिप्ट डेभलपमेन्ट फन्ड पाएको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले हुबर्ट बल्स फन्डबापत १० हजार युरो रकम प्राप्त गरेको हो ।

‘गुराँस’ लाई नेदरल्यान्ड्सको स्क्रिप्ट फन्ड

फिल्मलाई नेपालबाट प्रोडक्सन गर्ने आइसफलका प्रमुख रामकृष्ण पोखरेलले फिल्मले १४ लाख बराबर रकम प्राप्त गरेको जानकारी गराएका हुन् । हुबर्ट बल्सले ‘गुराँस’सँगै ब्राजिल, थाइल्यान्ड, कजाकस्तानलगायत १० देशका फिल्मलाई फन्ड उपलब्ध गराएको हो ।

सौरभको यो दोस्रो फिचर फिल्म हो । यसअघि उनले निर्देशन गरेको ‘निम्तो’ले मुम्बई फिल्म फेस्टिभलको सबैभन्दा ठूलो पुरस्कार जितेको थियो । उनले बनाएको लघुफिल्म ‘गुँड’ क्यान्सको सिने फाउन्डेसनमा छनोट भएको थियो ।

निर्माता पोखरेलले फिल्ममा दुई वर्षदेखि फिल्ममा काम भइरहेको जनाए । ‘सौरभसँग मेरो भेट केही वर्ष पहिले गोवाको फिल्म बजारमा भएको थियो । बीचमा उनले फिल्मको आइडिया सुनाए र मन परेपछि ल मिलेर गरौँ भनेर हामीबीच सहमति थियो । सोही अनुसार काम भइरहेको छ,’ पोखरेलले भने, ‘यो रकमले हामी स्क्रिप्ट लेखनको काम सक्छौं । अर्को साल फ्लोरमा जाने सोचमा छौँ ।’

आइसफलले यसअघि निर्माण गरेको ‘ऐना झ्यालको पुतली’ प्रदर्शनको पर्खाइमा छ । सुजित बिडारीको निर्देशन रहेको यो फिल्म दक्षिण कोरियाको बुसानको मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो ।

प्रकाशित : जेष्ठ १५, २०७८ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?