कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चोरेर फिल्म नहेरिदिन सलमान खानको आग्रह 

एजेन्सी

ईदको अवसर पारेर सलमान खानको फिल्म 'राधे' विदेशका केही हलमा प्रदर्शनमा आएको छ । भारतमा भने डिजिटल प्लेटफर्ममा रिलिज भएको हो । अभिनेता खानले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत दर्शकलाई फिल्म सही प्लेटफर्ममै हेर्न अपिल गरेका छन् ।

चोरेर फिल्म नहेरिदिन सलमान खानको आग्रह 

'एउटा फिल्म बनाउन धेरै व्यक्तिको मिहेनत लागेको हुन्छ । तर हामीलाई दु:ख लाग्छ तब जब मानिसहरु पाइरेसी गरेर (चोरेर) फिल्म हेर्छन् । त्यसैले तपाईंहरुलाई सही प्लेटफर्ममा फिल्म हर्न अनुरोध गर्दछु,' उनले इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा उल्लेख गरेका छन् ।

यो फिल्म हलमै प्रदर्शन गर्ने खानको तयारीमा थियो । तर कोभिड महामारीका कारण उनले आफ्नो फिल्म ओटीटी (ओभर दि टप) प्लेटफर्ममा प्रदर्शन गरेका हुन् । प्रभु देवा निर्देशित यस फिल्ममा सलमानसँगै दिसा पटानी, रणदीप हुडा, ज्याकी श्रोफलगायतको अभिनय छ ।

प्रकाशित : वैशाख ३०, २०७८ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?