कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सलमानको फिल्म एकैसाथ हल र डिजिटल प्लेटफर्ममा प्रदर्शन हुने

काठमाडौँ — बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म हलसँगै डिजिटल प्लेटफर्ममा एकैसाथ प्रदर्शनमा आउने भएको छ । प्रभु देवा निर्देशित 'राधे : योर मोस्ट वान्टेड भाइ' इदको अवसरमा मे १३ मा प्रदर्शनमा आउने भएको हो । 

सलमानको फिल्म एकैसाथ हल र डिजिटल प्लेटफर्ममा प्रदर्शन हुने

यो फिल्म जिप्लेक्सको 'पर पे भ्यु' सर्भिसमार्फत जी फाइभमा दर्शकले हेर्न पाउने भएका छन् । साथै डिटिएचमा उपलब्ध प्लेटफर्महरु डिस टिभी, डिटुएच, टाटा स्काई र एयरटेल डिजिटल टिभीमा पनि यो फिल्म हेर्न मिल्ने व्यवस्था गरिएको छ । यो फिल्म भारतसँगै उत्तर अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र सिंगापुरमा यो फिल्म प्रदर्शनमा आउने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

निर्माण टिमले बुधबार फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । फिल्ममा सलमानसँगै दिसा पटानी, रन्दीप हुडा र ज्याकी श्रफको अभिनय छ । सन् २०१९ को 'भारत' र 'दबंग ३'पछि सलमान यही फिल्ममार्फत पर्दामा देखिँदैछन् । अब भने उनी 'टाइगर ३'को काममा व्यस्त हुनेछन् ।

प्रकाशित : वैशाख ९, २०७८ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?