कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

सुनील सेट्टीका छोरा 'तडप'बाट डेब्यू गर्दै

कान्तिपुर संवाददाता

अभिनेता सुनील सेट्टीका छोरा आहन सेट्टी फिल्म 'तडप'मार्फत डेब्यू गर्दैछन् । मंगलबार फिल्मको पोस्टर सार्वजनिक भएको छ ।

सुनील सेट्टीका छोरा 'तडप'बाट डेब्यू गर्दै

पोस्टर सार्वजनिक भएसँगै 'स्टारकिड'लाई बधाई दिनेको ओइरो लागेको छ । अभिनेता अजय देवगनले इन्स्टाग्राममा सुनीललाई बधाई दिँदै पोस्टर सेयर गरेका छन् । 'आहन यति छिट्टै हुर्कियो, यो एकदम इमोसनल कुरा हो,' अभिनेता देवगनले लेखेका छन्,'हृदयदेखि नै बधाई छ सुनिल सेट्टी, छोराको पहिलो फिल्मका लागि ।'

मिलन लुथरियाले निर्देशन गर्ने फिल्ममा अहानसँगै फिल्ममा तारा सुतारियाको पनि अभिनय रहनेछ । यो फिल्म सेप्टेम्बर २४ मा फिल्म हलमा प्रदर्शनमा आउँदैछ ।

प्रकाशित : फाल्गुन १८, २०७७ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?