'पारा'को संशोधित भिडियो सार्वजनिक गर्दै भिटेन- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'पारा'को संशोधित भिडियो सार्वजनिक गर्दै भिटेन

कान्तिपुर संवाददाता

काठमाडौँ — र्‍यापर समिर घिसिङ 'भिटेन'ले विवादित गीत 'पारा'को संशोधित भिडियो सार्वजनिक गर्ने भएका छन् ।

आधिकारिक फेसबुक पेजमा विज्ञप्ती सार्वजनिक गर्दै गीतको संशोधित भिडियो सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।

यसअघि गीतमा प्रयोग गरिएका आपत्तिजनक शब्दका कारण गीत विवादमा तानिएको थियो । गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्यूरोलाई निर्देशन दिएपछि कात्तिक १३ मा 'पारा' युट्युबाट हटाइएको थियो ।

विज्ञप्तीका अनुसार गीतको भिडियो सम्पादन भइसकेको छ । 'हामीले पहिले प्रतिबद्धता गरे बमोजिम उक्त म्युजिक भिडियो सम्पादन तथा संशोधन गरिसकेका छौं र उक्त सम्पादित भिडियो छिट्टै सार्वजनिक गरिने व्यहोरा सम्पुर्ण शुभेच्छुकहरुमा जानकारी गराउँदछौं,' विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित : माघ १४, २०७७ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा २८३ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।२४ घण्टामा ४ हजार ३८२ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ५७ हजार ६९ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।

तस्बिरः सटरस्टक ।

सक्रिय संक्रमितको संख्या ३ हजार २८६ छ भने क्वारेन्टाइनमा १२२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा २४६ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ३ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २० छ ।

साथै काठमाडौं उपत्यकामा १४५ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा संक्रमित हुनेमा ४९ महिला र ६० जना पुरुष रहेका छन् । काठमाडौंमा १२२, ललितपुरमा १४ र भक्तपुरमा ९ जना कोरोना संक्रमित देखिएका छन् ।

प्रकाशित : माघ १४, २०७७ १६:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×