कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'खेलौं जुहारी' को प्रसारण सुरु

कान्तिपुर टिभीले पहिलो पटक ल्यायो दोहोरी कार्यक्रम

काठमाडौँ — दोहोरी कार्यक्रम 'खेलौं जुहारी' को टेलिभिजन प्रसारण सुरु भएको छ । इन्टरटेन्टमेन्ट हाउसको निर्माणमा कान्तिपुर टेलिभिजनबाट शुक्रबारदेखि उक्त कार्यक्रमको प्रसारण सुरु गरिएको हो । हरेक दिन दिउँसो ३ देखि ४ बजेसम्म प्रसारण हुने कार्यक्रम शनिबार भने प्रसारण हुने छैन ।

'खेलौं जुहारी' को प्रसारण सुरु

यो कार्यक्रमले अहिलेका दर्शक–श्रोताहरुको मन जित्ने र धेरै कार्यक्रमहरुको भीडमा फरक शैलीमा निर्माण भएको इन्टरटेन्टमेन्ट हाउसका अध्यक्ष सहदेव कोइरालाले बताए । उनका अनुसार दोहोरीमात्रै नभएर लोकगीतलाई समेत विशेष प्रस्तुतिमार्फत प्रचारप्रसार गरी लोक तथा दोहोरी गीतलाई अझै माथि पुर्‍याउन कोसिस गरिने छ । उनले भने, 'दोहोरी गीतका धेरै कार्यक्रमहरु अन्य श्रष्टा सर्जकका गीतहरु अनुमतिबिना गाउँदै प्रतिलिपि अधिकार हनन भइरहेको अवस्थामा यस कार्यक्रममा भने सम्पूर्ण भाकाहरु नयाँ सुन्न पाइनेछ ।'

कार्यक्रममा गाइने लोकगीत पुराना सर्जकका भए पनि उनीहरुलाई कार्यक्रमको व्यावसायिक प्रयोजन भएबापत प्रतिलिपि अधिकार धनिलाई रोयल्टीको व्यवस्था गरेको उनले बताए । साथै कार्यक्रममा लोक तथा दोहोरी गीतमात्र नभइ मनोरञ्जनको प्याकेज स्वरुप हाँस्यव्यंग्यको सम्मिश्रण समेत ‍रहेको उनले बताए । मुना अर्याल र ममता गुरुङले सञ्चालन गर्ने कार्यक्रममा एक लोक तथा दोहोरी गायकको कमेडी अवतारसमेत हेर्न सकिने अध्यक्ष कोइरालाले बताए ।

प्रकाशित : माघ ९, २०७७ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?