कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नेता लेखक लखनऊमा सम्मानित 

नयाँ दिल्ली — लखनऊ विश्वविद्यालयले नेपाली कांग्रेसका नेता एवं सांसद रमेश लेखकलाई सम्मान गरेको छ । विश्वविद्यालयले आफ्नो स्थापनाको १०३ औं वार्षिकोत्सवका अवसरमा नेता लेखकसहित उक्त विश्वविद्यालयमा अध्ययन गरेका ६ जना पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको हो । 

नेता लेखक लखनऊमा सम्मानित 

उक्त विश्विद्यालयबाट अध्ययन गरेर राजनीति, सरकारी सेवा, न्यायापालिका र पत्रकारिता क्षेत्रमा उच्च पहिचान र नाम स्थापित गरेका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

लखनऊमा शनिबार आयोजित कार्यक्रममा केन्द्रीय शिक्षा राज्यमन्त्री अन्नपूर्ण देवीले उक्त विश्वविद्यालयका पूर्वविद्यार्थीहरु नेता लेखक, न्यायाधीश उताउ रहमान मसूदी, वरिष्ठ वैज्ञानिक डा. अश्वनी के सिंह, चार्टर्ड एकाउन्टेन्ट मुकेशकुमार शुक्ल, पत्रकार प्रतीक त्रिवेदी र वैज्ञानिक डा. ऋतु कारिक्ललाई सम्मान गरेकी हुन् ।

नेपालबाट त्यहाँ अध्ययन गरेकाहरुमध्ये लेखक सम्मानित भएका हुन् । उनी सन् १९८३ देखि १९८९ सम्म त्यहाँ अध्ययन गरेका थिए । उनले कानुनमा स्नात्तक र इतिहासमा स्नातकोत्तर अध्ययन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै लेखकले भारतको शैक्षिक विकासमा लखनऊ विश्वविद्यालयको ठूलो योगदान रहेको चर्चा गरेका थिए । उनले भारतमा मात्रै नभई विदेशमा समेत यस विश्वविद्यालयबाट शिक्षा हासिल गरेकाहरुले योगदान पुर्‍याएको उल्लखे गरे ।

लखनऊ विश्वविद्यालय र नेपालको त्रिभुवन विश्वविद्यालय तथा राजर्षी जनक विश्वविद्यालयबीच शैक्षिक विकासमा सम्बन्धमा भएका द्विपक्षीय सम्झौताहरु कार्यान्वयनका लागि आफूले पहलकदमी गर्ने लेखकको भनाइ थियो ।

प्रकाशित : मंसिर १०, २०८० १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×