जापानमा नुवाकोटका युवक मृत फेला

माघ २२, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — जापानको नागोया बस्दै आएका नुवाकोटका एक युवा मृत फेला परेका छन् । 

चार वर्षअघि जापान गएका नुवाकोट पञ्चकन्या गाउँपालिका-३ का २७ वर्षीय अनुज कार्की शुक्रबार बिहान स्थानीय पार्कमा मृत फेला भेटिएको पारिवारिक स्रोतले जनाएको छ । उनी पछिल्लो समय सुजुकी गाडी कम्पनीमा कार्यरत थिए । 

अनुजको शव नेपाल ल्याउने तयारीमा रहेको बुबा ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मृतकका काइँला दाइ जापानमै रहेका अमृतले शव नेपाल ल्याउने पहल गरिरहेका छन् ।

कान्तिपुर

Link copied successfully