कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

भारतमा रहेका नेपालीको सुविधामा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ — प्रगतिशील नेपाली समाज समिति (भारत) ले भारतमा बसोबास गरिरहेका नेपालीको हितका आवश्यक सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

भारतमा रहेका नेपालीको सुविधामा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रगतिशील नेपाली समाजका अध्यक्ष लोकेन्द्र सेर्पाली, अलइन्डिया तिनितेक्वान्दो हेड कोच प्रकाश जैगडि, पत्रकार प्रभाकार ढगेले प्रधामन्त्री दाहाललाई भेटेर भारतमा रहेका नेपालीहरुको विभिन्न समस्याबारे १३ बुँदे ध्यानाकार्षण पत्र बुझाएका हुन् ।

समितिले नेपालीहरुलाई निः शुल्क शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधाहरु उपलब्ध हुनुपर्ने माग गरेको छ । भारतमा रहेका नेपालीहरुलाई निःशुल्क शिक्षा, स्वास्थ्यलगायत निः शुल्क आवास, रोजगार, उद्योग बन्द व्यापार, आधार कार्ड व्यवस्था हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । त्यसैगरी भारतको राज्य गोवा र काठमाडौंबीच हवाइ सेवा र पर्यटन व्यवसाय गर्न सम्झौता हुनुपर्ने उनीहरुको सुझाव छ ।

त्यसैगरी भारतमा बस्ने नेपालीहरुलाई पर्यटन प्रबद्वन दूतको रूपमा नेपाल सरकारले नियुक्ति दिनुपर्ने समितिले माग छ । भारतमा नेपाली चालक अनुमति पत्र भारतमा पनि मान्यता पाहुनुपर्ने पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

नेपालमा भारतीय नम्बर प्लेटका गाडी जस्तै नेपाली नम्बर प्लेट भएको गाडी सजिलै आवत–जावत गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरेको छ । भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुलाई अध्यनपछि रोजगारीको ग्यारेन्टी गर्न समेत ज्ञापन पत्रमार्फत भनिएको छ ।

यसका साथै भारतमा बस्ने नेपाली छात्रछात्राका लागि छुट्टै नेपाली विषय पढाइ हुनुपर्ने र त्यसका लागि नेपाल सरकारले पहल गरिदिन समितिले आग्रह गरेको छ ।

प्रकाशित : माघ २४, २०८० १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×