कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

डब्लिनमा मनाइयो नेपाल-आयरल्यान्ड दिवस

आयरल्यान्ड — आयरल्यान्डको राजधानी डब्लिनस्थित फोनिक्स पार्कमा नेपाल-आयरल्यान्ड दिवस मनाइएको छ । गैर आवासीय नेपाली संघ आयरल्यान्ड र नेपाल आयरल्यान्ड सोसाइटीको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम गरी आइतबार उक्त दिवस मनाइएको हो ।

डब्लिनमा मनाइयो नेपाल-आयरल्यान्ड दिवस

कार्यक्रममा उपस्थित आइरिस सांसद सन क्रोइले दुई देशबीचको सम्बन्ध आगामी दिनम थप मजबुत र सुमधुर हुँदै जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवं सगरमाथा आरोही ङावा ङिमा शेर्पाले नेपालका हिमाल आरोहण र समग्र पर्यटनबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा नेपाली कला, भेषभुषा तथा संस्कृति झल्कने लाखे एवं नृत्यहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सिनेटरद्वय फिन्टान वारफिल्ड र क्याथेराइन वार्डा, कार्लो नगरका मेयर फिन्टान फेलानलगायत दुई हजारभन्दा बढी उपस्थिति रहेको एनआरएनए आयरल्यान्डका अध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए ।

नेपाल र आयरल्यान्डबीच सन् १९९९ अगस्टदेखि कूटनीतिक सम्बन्ध स्थापित भएको हो ।


प्रकाशित : असार २६, २०८१ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×