कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बेलायती राजाबाट श्रेष्ठलाई ‘ओबीई’ पदक

कान्तिपुर संवाददाता

लन्डन — बेलायतका रहेका नेपाली मूलका एक अभियन्ता महन्त श्रेष्ठले बेलायती राजाबाट प्रतिष्ठित ‘ओबीई’ पदक पाएका छन्।

बेलायती राजाबाट श्रेष्ठलाई ‘ओबीई’ पदक

श्रेष्ठले ब्रिटिस समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै राजा चार्ल्स तृतीयले उनलाई बकिङहम प्यालेसमा ओबीई (द मोस्ट एक्सीलेन्ट अर्डर अफ द ब्रिटिश एम्पायर) अवार्ड प्रदान गरेका हुन् । बेलायतमा राज्य स्तरबाट प्रदान गरिने उक्त प्रतिष्ठित अवार्ड यसअघि थोरै नेपालीले मात्र पाएका छन् ।

पदक थाप्ने क्रममा राजासँग करिब तीन मिनेट समय पाएका श्रेष्ठले रानीका साथ फेरि नेपाल घुम्न आउन निमन्त्रणा गरेको बताए । राजाले सोप्रति धन्यवाद व्यक्त गर्दै नेपालमा हालै गएको भूकम्पबारे चासो राखेका श्रेष्ठले बताए ।

नेपाली राष्ट्रिय पोशाकमा सजिएर पदक थाप्न गएका श्रेष्ठले यो सम्मान समस्त नेपालीको भएको बताए ।

बकिङहम प्यालेसमा श्रेष्ठ दम्पत्ति र सफल व्यवसायी तथा सामाजिक अभियन्ता रविन्द्रजंग लामिछाने पनि उपस्थित थिए । ‘महन्त दाईले यो प्रतिष्ठित पदक पाउनु नेपाल र नेपालीकै गर्वको कुरा हो’, लामिछानेले भने, ‘उहाँ हामी सबैको अभिभावक र प्रेरणास्रोत पनि हो ।’

सन् १९७६ मार्च १० का दिन वर्क परमिट लिएर लन्डन उत्रिएका श्रेष्ठ एनआरएनए यूकेका संस्थापक अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि पनि हुन् । उनको लण्डन इलिङमा ८० को दशकमा खुलेको ‘मन्टिज रेस्टुरेन्ट’ ब्रिटिशमाझ निकै चर्चित छ भने उनले पर्यटकीय क्षेत्र ठमेलमा केही वर्षअघि तारे होटल ‘एम’ सञ्चालनमा ल्याएका छन् ।

प्रकाशित : कार्तिक २८, २०८० १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×