कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

दिल्लीमा तिज

राजेश मिश्र

नयाँदिल्ली — दिल्लीमा रहेका प्रवासी नेपालीहरूले तिजकf अवसरमा विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेका छन । हाम्रो स्वाभिमान ट्रस्ट हरिद्वारले दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियम, आईटीओमा आयोजना गरेको कार्यक्रममा हजारौंको संख्यामा प्रवासी नेपालीहरूको उपस्थिति रहेको थियो ।

दिल्लीमा तिज

योगगुरू रामदेव र आचार्य बालकृष्णको उपस्थिति रहेको यस कार्यक्रममा नेपाली भाषा, साहित्य, कलालगायतका क्षेत्रमा योगदान गरेकाहरूलाई सम्मानित पनि गरिएको थियो। प्राध्यापक महेन्द्र पी लामा, कलाकार विपना थापासहित दर्जनौं व्यक्तिलाई सम्मान गरिएको थियो । नेपाल र भारतका गायक र कलाकार विभिन्न प्रस्तुति दिएका थिए।

आयोजक हाम्रो स्वाभिमान ट्रस्टले नेपाली संस्कृति, परंपरा एवं भाषाप्रति सम्मान बढाउन तथा यसलाई वैश्विक स्तरमा प्रसार गर्न तिज महोत्सवको हरेक वर्ष आयोजना गर्दै आएको जनाएको छ ।

दिल्लीको तालकटोरा स्टेडियममा पनि नेपालीहरूको अर्को संस्था स्वाभिमान ट्रस्टले कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै, अखिल भारत नेपाल एकता मञ्चले पनि सांस्कृतिक कार्यक्रम सहित तिज महोत्सव सोमबार मनाएको छ ।

प्रकाशित : आश्विन १, २०८० १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×