कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनए कोरियाको महाधिवेशन जुलाईमा हुने

तीन जना अध्यक्षका प्रत्यासी 
गोकुल थोकर

दक्षिण कोरिया — गैरआवासीय नेपाली संघ एनआरएनए दक्षिण कोरियाको नवौं महाधिवेशन नजिकिँदै गर्दा कोरियाका नेपालीहरुबीच चुनावी माहोल बढेको छ । जुलाईको ८ र ९ तारिखमा हुने अधिवेशनमा तीन जना अध्यक्षका प्रत्यासी छन् ।

एनआरएनए कोरियाको महाधिवेशन जुलाईमा हुने

सञ्जिब राई, बुद्धि गुरुङ र विपिन गुरुङ अध्यक्षका प्रत्यासी देखिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि पार्वती मोक्तान र परी गुरुङ प्रतिस्पर्धामा छन् । पहिलो पटक यो पदमा दुबै महिला उम्मेदवार देखिएका हुन् । प्यानल बनाएरै प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरुले आफ्नो पक्ष स्वतन्त्र रहेको बताउने गरेका छन् ।

चार हजार भन्दा बढी सदस्यता भएको संघ अन्तर्गत कोरियाको विभिन्न क्षेत्रलाई समेटेर बनाइका शाखाहरु समेत छन् । कोरियामा रहेका अधिकांश नेपालीहरु रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रहेका छन् । संघको सदस्यता पनि ईपीएस मार्फत कोरिया आएका नेपाली धेरै छन् । त्यसैले उम्मेदवारहरूले मजदुरमैत्री काम गर्ने घोषणा गरिरहेका छन् ।

‘कुरा गर्नुभन्दा पनि काम गर्नु राम्रो हो । हामीले कोरियामा रहेका नेपालीको सहयोगका लागि काम गर्ने भनेर लागेका छौं । हाम्रो एजेन्डा पनि त्यही हो,’ अध्यक्षका उम्मेदवार विपिन गुरुङले भने ।

महाधिवेशनबाट २१ सदस्यीय कार्यसमितिका लागि सबैभन्दा बढी उम्मेदवारी युवा संयोजकमा परेका छ । उक्त पदका लागि ४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसअघिको अधिवेशनमा दक्षिण कोरियामा २ हजार २ सय जनाले सदस्यता लिएका थिए भने ७ औं अधिवेशनमा ३ हजारभन्दा बढीले सदस्यता लिएका थिए । निर्वाचनका लागि संघले गंगाराज राईको नेतृत्वमा रहने गरी डा. टीकाराम अर्याल र डा. ठाकुर ढकालको तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । त्यस्तै विधान संसोधन समितिमा डा. ईन्दिरा तिवारीको नेतृत्वमा तीन सदस्यीय टोली रहने संघले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०८० २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?